Connect with us
Kapilvast Forest

इटालियन सिरी ‘ए’ : एसी मिलान र साम्पडोरियाको बराबरी

२०७७, २२ चैत्र आईतवारमा प्रकाशित

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान र साम्पडोरियाले बराबरी खेलेका छन् ।शनिबार भएको खेलमा मिलान र साम्पडोरियाले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

घरेलु मैदानमा जेन्स पिटरले गोल गरेपछि मिलान हारबाट जोगिएको हो । उनले खेलको ८७औं मिनेटमा गोल गरेका थिए ।त्यसअघि खेलको ५७औं मिनेटमा फाबियोले गोल गर्दै साम्पडोरियालाई अग्रता दिलाएका थिए ।

बराबरीसँगै मिलान २९ खेलमा ६० अंकसहित दोस्रो स्थानमा रहेको छ । साम्पडोरिया ३६ अंकसहित दशौँ स्थानमा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu