आदित्यनारायण दम्पतिलाई कोरोना संक्रमण
एजेन्सी-गायक आदित्यनारायण दम्पतिलाई कोरोना संक्रमण भएको छ। आदित्यले सामाजिक संजालमार्फत आफु र पत्नी श्वेतालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनु भएको छ ।
उहाँले दुवै जना स्वास्थ्य प्रोटोकलको पालना गर्दै क्वारेन्टाइनमा रहेको जानकारी दिनु भएको छ । उहाँले सबैलाई ध्यान दिन र सुरक्षित रहन अपिल समेत गर्नु भएको छ ।
हाल रियालिटी शो इण्डियन आइडलका होस्ट आदित्य संक्रमित भएपछि इण्डियन आइडलको शुटिग समेत रोकिएको बताइएको छ। अहिले सबै निर्णायक र प्रतिष्पर्धीको कोरोना टेस्ट भइरहेको र सोको नतिजा आएपछि फेरी शुटिंग हुने बताइएको छ।
बलिवुडमा पछिल्लो समय सेलिब्रेटीहरु कोरोनाको चपेटामा परेका छन्। हालै मात्र अभिनेत्री आलिया भट्ट, अभिनेता कार्तिक आर्यन, मनोज बाजपेयी, परेश रावल, निर्देशक सतिश कौशिक, संजय लिला भंसालीलगायतलाई कोरोना संक्रमण भएको छ।