बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा
एजेन्सी -कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ।स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागु हुने गरी सरकारले लकडाउनको घोषणा गर्नु भएको हो ।
बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिनु भएको छ।
लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाँडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताउनु भयो ।