अबैध ढुङ्गा गिट्टी चाेरि गर्ने दुईवटा ट्याक्टर नियन्त्रणमा
अर्घाखाँची- अबैध ढुङ्गा गिट्टी चोरि गर्ने दुईवटा ट्याक्टर युवा संघले नियन्त्रणमा लिएको छ । शितगंगा नगरपालिकाकाे वडा न.११काे सुकवेल खाेलामा अबैध रुपमा ढुङ्गा चाेरि गर्ने लु४त २३९४ र लु ४त २७९२ न.काे ट्याक्टर युवा संघ शितगंगाका नेताहरु देवेन्द्र रेस्मी , बाेम ब.बि क,गाेपाल खनाल,दिपक नेपाली र कपिल आचार्य सहितकाे टाेलिले नियन्त्रणमा लिएर लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्था समिति सदस्य माननीय रामजि प्रसाद घिमिरे र नेकपा एमाले शितगंगा नगर कमिटी अध्यक्ष बसन्त कुमार श्रेष्ठको उपस्थिति र प्रहरी चाैकि सातमाराका प्रमुखको राेहवरमा ११ न. वडाका अध्यक्ष काेपिला चन्द आले मार्फत शितगंगा नगरपालिकालाई बुझाएकाे छ ।