Connect with us
Kapilvast Forest

ओलीले फुर्ति नलाए हुन्छ, सबैतिर हाम्रै बहुमत छ:माधव नेपाल

२०७७, २२ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतम पनि आफ्नो पक्षमा आउन लागेको बताउनुभउको छ ।काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो , ‘पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा पनि हामी बहुमतमा छौँ। वामदेव गौतम पनि हाम्रो पक्षमा आउँदै हुनुहुन्छ।’ उनले पार्टीलाई यहाँसम्म आफूले ल्याएको हुनाले ओलीको फुर्तिले अर्थ नलाग्ने बताउनुभयो ।

‘पार्टीलाई हामीले यहाँसम्म ल्याएका हौँ। कसैले प्रधानमन्त्रीको फुर्ती लगाउन भन्नुभयो नवौँ महाधिवेशनमा जालझेल गरेर जितेको फुर्ति लगाउन भने त्यसको अर्थ छैन। संगठनको हिसाबले पनि हामीहरू कमजोर छैनौँ’ उहाले भन्नुभयो ।

पार्टीभित्र केपी ओलीले गुटबन्दी गरेको कारणले पार्टीभित्र अहिलेको परिस्थिती सिर्जना भएको बताउनुभयो । पार्टीभित्र विधि पद्धति र सिद्धान्तको आधारमा चल्नुपर्ने बताउनुभयो । कामको सही मूल्यांकन गरेर सबैलाई समान व्यवहारले गर्नुपर्छ। कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन उहाँले भन्नुभयो ।ओलीले कानुनी रूपले पार्टी कब्जा गरेको भए पनि आधिकारिक एमाले आफूहरू भएको दाबी गर्नु भयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj