Connect with us
Kapilvast Forest

बाँकेका आगलागी पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन अध्यक्ष प्रचण्डको सरकारसँग माग

२०७७, २२ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेमा भएको आगलागी प्रति दुख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आइतबार एक बिज्ञप्ति जारी गर्दै बाँके जिल्लाको नरैपुरमा भएको आगलागी प्रति दुख: व्यक्त गर्नुभएको हो ।

शनिबार दिउँसो बाँकेको नरैनापुर गाउँपालिका वडा नं, ४, खोदवामा अचानक आगलागि हुँदा ११५ घर जलेका थिए । तर यो संख्या प्रारम्भीक भएकाले घलेका घरहरुको संख्या अझै धेरै हुनसक्ने स्थानीय प्रशासनको भनाइ छ । उक्त गाउँपालिका देशकै पीछडिएको गाउँपालिकाका रुपमा सूचीकृत थियो ।

सो गाउँपालिकामा विगतका समयमा पनि धेरै मात्रामा आगलागीका घटनाहरु हुँदै आएको भन्दै अध्यक्ष प्रचण्डले सो क्षेत्रको मुख्य समस्या भनेको गरीबी विपन्नता भएको बताउनु भएको छ । सो बस्तीमा घनाबस्ती भएको र फुसका छानोहरु भएकोले असुरक्षित आवासका कारण त्यहाँका बासिन्दाहरु आगलागीको चपेटामा परेको अध्यक्ष प्रचण्डद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

त्यस्तैगरी अध्यक्ष प्रचण्डले आगलागी पीडितलाई राहत, उद्दार र पुनर्वास तथा घाईतेहरुको नि:शुल्क उपचार गराउन सरकारलाई मागसमेत गराउनु भएको छ । त्यस्तै यस क्षेत्रमा आगलागीबाट बच्न दीर्घकालीन योजनाहरु ल्याउन उहाँले सरकारसमक्ष माग गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu