पत्रकार महासंघ कपिलवस्तुमा ५८ जना चुनावी मैदानमा अध्यक्षमा तीनको उम्मेदवारी
कपिलवस्तु-नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्ष पदको लागि तीन जनाको उम्मेदवारी परेको छ । आसन्न चैत्र २५ गतेको चुनावको लागि आइतबार भएको उम्मेदवारी दर्तामा तीन जनाले अध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएकोहो ।
उम्मेदवारी दिनेहरुमा डिलाराम भुसाल, किरणमान व्रजाचार्य र मनोज कुमार ओझा रहनुभएको छ ।यस्तै खुल्ला उपाध्यक्षमा हरि अधिकारी, बाबुराम रायमाझी र रमेश मिश्रले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महिला उपाध्यक्षमा श्वेता योगी र शारदा केसीको उम्मेदवारी परेको छ ।सचिवमा जानु पाण्डे र सनिउल्लाह धोवी, खुल्ला सह सचिवमा सन्जिव गहतराज र निरहुँ यादव, समावेशी सह–सचिवमा राजेश चौधरी, कोषाध्यक्षमा शम्भु सैनी र मोहन बेल्वासेले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन मण्डलले जनाएको छ ।
२५ गते अगावै आज भएको मनोनयन बाट नेपाल पत्रकार महासंघ कपिलवस्तु को समावेशी सहसचिव मा राजेश चौधरी, महिला सदस्यमा सिर्जना खनाल, सदस्यहरूमा राम प्रघट कोरी ,नारद कोहार केन्द्रीय परिषद सदस्यमा लक्ष्मण बेल्वासे,सरोज अर्याल,शशिधर सापकोटा ,मनोज कुमार श्रीवास्तव, सर्वसम्मत चयन हुनु भइको छ ।
१८ सदस्यिय कार्यसमितिका लागि ५८ जनाले उम्मेदवारी दिएका महासंघका अरु सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा रहेका छन् जिल्लाको महासंघलाई सहमतिय ढङ्गले लैजाने भने पनि अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढेको हो ।
