Connect with us
Kapilvast Forest

ठाकुर र महतोलाई फकाउँदै दाहाल र पौडेल

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहनु भएको छ ।

जसपाभित्रै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई भने बिनासर्त ओलीको विकल्प खोज्न तयार रहनु भएको छ । कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र कांग्रेस नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय लिएको दुई दिनपछि वरिष्ठ नेता पौडेलले जसपा अध्यक्ष ठाकुरसँग आइतबार उनकै निवासमा गएर कुराकानी गर्नु भएको थियो ।

स्रोतका अनुसार ठाकुरले सरकार निर्माणका सन्दर्भमा पुरानै कुरा दोहोरयाउनु भएको छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गरेको निर्णयप्रति नै उहाँले चित्त दुखाउनु भएको थियो । जसपाले समेत नेतृत्व दाबी गरिरहेका बेला कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने भनी गरेको निर्णयले वातावरण बिथोलिएको भनाइ ठाकुरले राख्नु भएको थियो । पौडेलले त्यसलाई नकारात्मक रूपमा नलिन आग्रह गर्दै समझदारीमा प्रधानमन्त्रीको उम्मेदवार तय गर्न सकिने बताउनु भएको थियो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu