कोरोना संक्रमण बढ्याे, आजै २६६ जनालाई कोरोना पुष्टि, ४ जनाको मृत्यु
काठमाडौं – केही समययता नेपालमा दिनका दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ६६ जनालाई संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा ९० ले बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ३६ जनाको पीसीआर परीक्षण भएकोमा २ सय ६६ जनालाई संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
आज थप ४ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ । हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।
संक्रमण बढ्नुमा स्वास्थ्यका मापदण्ड पालना नगर्नु रहेको विज्ञहरुले बताएका छन् । साथै,भारतमा संक्रमण बढेको र त्यहाँबाट आउनेजाने क्रम धेरै रहेकाले संक्रमण अझै बढ्न सक्ने विज्ञहरुको भनाइ छ ।