जेठ ३० मा स्ववियु चुनाव हुनेमा आशंका, त्रिवि भन्छ २५ गतेपछि निर्णय हुन्छ
काठमाडौं – त्रिभुवन विश्वविद्यालय९त्रिवि० ले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चुनाव आगामी जेठ ३० गते गर्ने समय तोकेको छ। तर,अझै पनि मुल राजनीतिक विवाद समाधान हुन सकेको छैन। त्यसो त यही समयमा चुनाव गर्न सकिने सम्भावना कम देखिन्छ।
पछिल्लो समय नेपाली राजनीति तरङ्गित छ। दुई तिहाई नजिकको सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अदालतको निर्णयले भंग भएपछि राजनीतिक दलहरु आन्तरिक झमेलामा फसेका छन्।
अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुनर्स्थापित गरिदिएपछि नयाँ सरकार निर्माणका लागि जोडबल चलिरहेको छ। ओली नेतृत्वको नेकपा एमाले सरकार ढालेर नयाँ गठनबन्धनको सरकार गठन बनाउने दौडधुपमा बाँकी दल लागिपरेका छन्।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तिक्ततापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार गिराउन प्रयासरत छन्। माओवादीसहित बनेको एमाले सरकारमा छ। तर माओवादीले सरकारबाट समर्थन फिर्ता लिए ओली अल्पमतमा पर्ने देखिन्छ।
राजनीतिक तरल अवस्थामा स्ववियुको चुनाव तोकिएको भए पनि अझै शंका छ। तर, विद्यार्थी नेताहरु समयमा निर्वाचन हुने आशा व्यक्त गर्छन्। नेकपा एमाले माधव–झलनाथ समूहको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जेठ ३० गते नै चुनाव गर्न सकिने बताउँछन्।
‘निर्वाचनको समय घोषणा हुनु एकदमै स्वागतयोग्य हो,’ उहाँले भन्नु भयो , ‘यही समयमा चुनावको माहोल बनाउन र सर्वदलीय बैठक बोलाउन विश्वविद्यालयलाई आग्रह गरिरहेका छौं,त्यसैले चुनाव हुन्छ,गर्नुपर्छ।’ त्रिविले केही सक्रियता देखाएका कारणले पनि समयमा चुनाव हुने आधार देखिएको उहाँको भनाइ छ।
त्रिविका रजिष्टार पेशल दाहालले २५ गतेको छलफलबाट थप निर्णय हुने जानकारी दिनु भयो । ‘३० गते चुनाव गर्ने सहमति भने भएको हो,’ उहाँले भन्नु भयो , ‘फेरि २५ गते सबै विद्यार्थी संगठनलाई बोलाएका छौं,छलफल गरेर टुंगोमा पुग्छौँ,सहमति भएमा ३० मै चुनाव हुन्छ।’
उहाँले सरकारसँग समन्वय गरेर मात्रै निर्णय गरिने पनि बताए। ‘त्रिविले मात्रै चुनाव गराउने होइन,सरकारसँगको समन्वयमा जानुपर्छ, समय मिलाउनुपर्छ,’ दाहालले भन्नु भयो ।