Connect with us
Kapilvast Forest

कर्णाली सरकारमा सहभागी ३ जना मन्त्रीद्वारा सामुहिक राजिनामा

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

सुर्खेत-कर्णाली प्रदेशका तीन मन्त्रीले आज सामुहिक राजिनामा दिनुभएको छ ।नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामुहिक राजिनामा दिनु भएको हो ।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजिनामा पत्र बुझाउनु भएको हो ।

राजिनामा दिनु अघि मन्त्री परिषद् बैठक बसेको थियो ।तीन जना मन्त्रीले राजिनामा दिएर नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

नेकपा विभाजनपछि एमालेले यही चैत्र ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियोे ।

कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्य माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेको पत्र संसदलाई बुझाएको छ । अब प्रदश सभामा ३९ जना संसद छन् ।यी मध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् ।।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu