Connect with us
Kapilvast Forest

पत्रकार महासंघ उदयपुरमा तालाबन्दी, उम्मेदवारी दर्ता रद्द

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं – नेपाल पत्रकार महासंघ, उदयपुर शाखामा पत्रकारहरुको एक समूहले ताला लगाएको छ । विवाद भएपछि उम्मेदवारी दर्तासमेत रद्द भएको छ ।

निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै पत्रकारका विभिन्न संगठनहरुले संयुक्त रुपमा ताला लगाएको महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रेस सेन्टरको अगुवाइमा निर्वाचन कार्यक्रम रद्दको माग गर्दै सोमबार तालाबन्दी भएको हो ।

महासंघले निर्वाचन कार्यक्रम सम्पन्न गराउन बद्री काफ्लेको संयोजकत्वमा कमलबहादुर कार्की र बन्दना दनुवार सदस्य रहने गरी निर्वाचन समिति गठन गरेको थियो ।

प्रेस सेन्टरका केन्द्रीय सदस्य हरिकुमार राई, यदु ढकाल, प्रेस सेन्टर, उदयपुरका अध्यक्ष तुलसी कोइराला, प्रेस चौतारी उदयपुरका उपाध्यक्ष ईश्वर बलम्पाकी र क्रान्तिकारी पत्रकार महासंघका १ नं। प्रदेश संयोजक मधुकर थापा लगायतको टोलीले निर्वाचन समितिका संयोजक काफ्लेको भूमिका निष्पक्ष नभएको भन्दै प्रश्न उठाउँदै आएका थिए ।

समिति संयोजक नै फेरबदल गर्नु पर्ने माग आएपछि काफ्लेको ठाउँमा कौशल चेम्जोङलाई संयोजक बनाइएको अध्यक्ष खड्काले बताउनुभयो । ‘उहाँहरुले प्रश्न उठाएपछि मैले निर्वाचन समितिको संयोजक नै फेरिदिएँ, मनोनयन रद्द गर्नुपर्छ भनेपछि त्यो पनि रद्द भयो,’ अनलाइनखबरसँग उहाँले भन्नुभयो , ‘तर अहिले ताला लगाएर निर्वाचन प्रक्रिया नै रोक्न माग गर्दै निवेदन हाल्नु भएको छ ।’

यद्यपि अहिले पनि सहमतिको प्रयास जारी रहेको उहाँले बताउनुभयो । उत्पन्न विवादका विषयमा सबै पक्ष बसेर सहमति गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । चुनाव हार्ने डरले माधव नेपाल पक्षको प्रेस चौतारी र प्रेस सेन्टरले ताला लगाएको अध्यक्ष खड्काले आरोप लगाउनुभयो ।

प्रेस सेन्टरका केन्द्रीय सदस्य हरिकुमार राईले भने गलत नियतले निर्वाचन समितिको संयोजक नियुक्त गरिएको भन्दै आफूहरुले विमति राखेको बताए । निर्वाचन समिति संयोजकले नै कुनै एक समूहको पक्षमा लागेर मेरो समर्थन छ भन्दै विज्ञप्ति नै निकालेपछि आफूहरुले निर्वाचन समितिका सबैको राजीनामा माग गरेको बताउनुभयो ।

समितिका संयोजक परिवर्तन भए पनि एक दिन दावी विरोधको समय थप्न माग गर्दा अध्यक्षले पूरा नगरेपछि ताला लगाउन बाध्य भएको केन्द्रीय सदस्य राईले बताउनुभयो । ‘हामीले चुनाव बहिष्कार गरेका होइनौँ, प्रक्रियामा प्रश्न उठाएको हौँ,’ उहाँले भन्नुभयो , ‘एक दिन समय दिनुभन्दा पनि नदिने, निष्पक्ष चुनाव गराउन नसक्नेको समिति बनाएपछि हामी ताला लगाउन बाध्य भयौं ।’ विधिसम्मत तरिकाले निर्वाचन गराए ताला खोल्न आफूहरु सहमत हुने उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu