पछिल्लो २४ घण्टामा २६० जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं- पछिल्लो २४ घण्टामा २ सय ६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४२ सय ४३ जनाको पीसीआर परीक्षण भएकोमा २ सय ६० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा १ सय १३ जना निको भएका छने भने कोही संक्रमितको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।
जसमध्ये २ लाख ७३ हजार ४ सय ५५ जना निको भएका छन् भने ३ हजार ३६ जनाको मृत्यु भएको छ । आज काठमाडौंमा १०८, भक्तपुरमा ८ र ललितपुरमा ३३ जना गरी काठमाडौं उपत्यकामा १ सय ४९ संक्रमित थपिएका छन् ।
अहिले सक्रिय संक्रमितको संख्या १९ सय ७९ रहेको छ ।
थप सामग्री https://nayasanchar.com/260-people-corona-virus-infected/