पत्रकार महासंघ भक्तपुरमा मतगणना सकियो, विपुल पोख्रेल अगाडि
काठमाडौं – नेपाल पत्रकार महासंघ भक्तपुरको मतगणना सकिएको छ । महासंघ केन्द्रीय समितिको निर्वाचनमा भक्तपुरबाट अध्यक्षका प्रत्यासी विपुल पोख्रेल अगाडि देखिएका छन् । पोखरेलले ११९ मत प्राप्त गरेका छन् भने निर्मला शर्माले ४६ मत प्राप्त गरेकी छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा रमेश विष्टले १२३ मत प्राप्त गरेका छन् भने माधव नेपालले ४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष ९महिला०मा बाला अधिकारीले १२२ मत प्राप्त गरेकी छन् भने दाना केसीले ३९ मत प्राप्त गरेकी छन् । महासचिवका प्रत्यासी रोशन पुरीले १०८ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी बालकृष्ण बस्नेतले ५४ मत प्राप्त गरेका छन् ।