कोशी नदीमा हामफालेका बृद्धको सकुशल उद्धार
सुनसरी-कोशी नदीमा हामफालेका झापा बिर्तामोड नगरपालिका–३ का ८४ वर्षीय जोगिन राजवंशीको सकुशल उद्धार गरिएको छ ।
आज अपरान्ह सवा ४ बजेको समयमा कोशी नदीमा एक व्यक्तिले हामफालेको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी कोशी ब्यारेजबाट तत्काल खटिएको प्रहरी टोलीले स्थानीय माझिहरुको सहयोगमा कोशीमा बगिरहेको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।