Connect with us
Kapilvast Forest

जनस्वास्थ्य मापदण्ड नअपनाए देश लकडाउनतर्फ जान्छ : प्रधानमन्त्री

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोभिड संक्रमितको संख्या बढेको तर्फ औल्याउँदै सर्वसाधारण नागरिकले सावधानी नअपनाए लकडाउन गर्नुपर्ने अवस्था आउने संकेत गर्नु भएको छ ।

हाम्रो जनजीवनलाई ठप्प नगरुम,बाध्य भए ठप्प पार्ने अवस्था पनि आउन सक्छ। हामीले सावधानी अपनाउनुपर्छ र अहिलेदेखि सावधानी अपनाउनैपर्छ, बिहीबार चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले भननुभयो सामाजिक दूरी कायम गर्नुपर्छ। मास्क लगाएर हाम्रो जीवनमा कोभिडलाई आउन दिने अवसर दिनु हुँदैन।

नागरिक आफैं सचेत नभए कोभिडबाट सुरक्षित हुन नसक्ने प्रधानमन्त्री ओलीले बताए। खोपले पनि शतप्रतिशत सुरक्षित राख्न नसक्ने उहाँको दाबी छ। मुख्य कुरा सरसफाइमा ध्यान दिन उनले आग्रह गरे। भने, ुएकैपटक कोभिड भाइरस भित्र छिर्दैन। नाकमा बस्छ र त्यहीँबाट भित्र छिर्छ।

कोभिडका बिरामीलाई निःशुल्क उपचार गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ। परीक्षणदेखि खोप लगाउने कामसमेत निःशुल्क गरिएको उहाँले बताउनुभयो । कोभिडलाई सरकारले लखेट्नुपर्ने उहाँको भनाइ छ।

कोभिडले पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर गरेको ओलीले सुनाए। अन्य देशको तुलनामा नेपालको अर्थतन्त्रमा कम असर परेको उहाँले दाबी गर्नु भयो । निजी क्षेत्रसँग सरकारसँगै बढने पनि उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu