Connect with us
Kapilvast Forest

ओलीले पार्टी विधानविपरीत काम गरेकै हुन् : माधव नेपाल

२०७७, २७ चैत्र शुक्रबारमा प्रकाशित

विराटनगर – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधानविपरीत काम गरेको बताउनुभएको छ ।शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा बाल्दै नेता नेपालले प्रधानमन्त्रीले पार्टी विधानविपरीत काम गरेको र विधानविपरीत काम गर्ने कुरालाई साथ, समर्थन गर्ने दास रहेको बताउनुभयो ।

उहाँले आफूहरू दास नरहेको र प्रधामन्त्री ओलीको मुख हेरेर आन्दोलनमा नजुटेको बताउँदै उहाँले भन्नुभयो ‘हामी मार्क्सवाद, लेलिनवादको निर्देशनबाट अगाडि बढेका छौं, हामी कम्युनिष्ट आन्दोलनमा समर्पित भएका छौँ र हामी राष्ट्र र जनताका लागि समर्पित भएका छौँ। व्यक्ति आउँछन्, जान्छन, आन्दोलन बढिरहनेछ।’

अदालतको निर्णयमा आफूहरु सहमत नरहे पनि पालना सबैले गर्नैपर्ने भएको उल्लेख गर्दै उहाँले भन्नुभयो , ‘अदालतको फैसला पालना गरेअनुसार पार्टी पुरानो अवस्थामा फर्केको हो भने २०७५ साल जेठ २ गतेको दिनमा नेपाल कम्युनिष्ट पार्टी एमालेको जोजो नेतृत्वमा थिए केपी ओली निर्वाचित हो भने अष्टलक्ष्मी शाक्य, वामदेव गौतम,भीम रावल निर्वाचित हो, यी सबै पदाधिकारीको पद चट् हुने केपी ओलीको पद कायम रहने यस्तो पनि शिद्धान्त हुन्छरु ’ त्यसैले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको नेपालले भन्नुु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu