Connect with us
Kapilvast Forest

देउवा–पौडेलको जुहारी: अर्को चान्स मिस नहोस्, संख्या नपुग्ने खेलमा छैन

२०७७, २७ चैत्र शुक्रबारमा प्रकाशित

Nepali-congress-cc-meeting.jpg

काठमाडौं – नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक मञ्चमै जुहारी खेल्नुभएको छ ।

शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रियभेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले जोखना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेको बताउनुभयो ।तर सभापति देउवाले त्यसको खण्डन मात्र गरेनन्, संख्या नपुगेसम्म अघि नबढ्ने बताउनुभयो । यदि अरु अगाडि बढ्न तयार भए स्वीकार गर्ने उहाँले बताउनुभयो ।

एउटा चान्स मिस भयो पौडेल

वरिष्ठ नेता पौडेलले एमाले र माओवादी केन्द्र बन्नु अगाडि नै नेतृत्वले सरकार गठनको अवसर गुमाएको बताउनुभयो । उहाँले अघि भन्नुभयो ‘जोखाना हेर्दाहर्दै एउटा चान्स मिस गर्‍यो । अर्को चान्स मिस गर्ने हो भने रुन पाउनु न हाँस्न पाउनु भन्ने हुनेछ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रको भर्‍याङ चढेर सर्वसत्तावादको धुरीमा पुग्न चाहेको भन्दै उहाँले यसबाट मुक्ति दिनसक्नुपर्ने बताउनुभयो । ‘चुनाव चुनाव मात्र भनेर सुख पाइँदैन । निरंकुशतातिर गएको सत्ताका लागि विकल्प खोज्न उदार बन्नुपर्छ’ उहाँले भन्नुभयो , ‘विकल्प खोज्नका लागि उदार भएर सहमति सम्झौता गर्नुपर्छ ।’

देउवाको जवाफ स् संख्या नपुग्ने खेलमा लाग्दिनँ

त्यसपछि बोलेका सभापति देउवाले पौडेलको भनाइको खण्डन गर्नु भयो । कांग्रेससँग संसदको एक चौथाई संख्या पनि नभएको भन्दै उहाँले भन्नुभयो , ‘कम्युनिस्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर मैले भनेकै हो । तर जनताले हामीलाई भोट दिएनन्, तपाई (रामचन्द्र पौडेल) पनि हार्नु भएको हो ।’

आफूले प्रधानमन्त्री दिँदा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर गएको उहाँले बताउनुभयो ।अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुस् भने पनि (सरकार गठनका लागि चाहिने) संख्या नपुगेको उहाँले बताउनुभयो । आफूले म नै प्रधानमन्त्री हुनुपर्छ नभनेको भन्दै देउवाले भने, ‘म संख्या नपुग्ने खेलमा छैन । कसैलाई बनाएर हुन्छ भने म तयार छु ।’

तर गलत सम्झौता नगर्ने उहाँले बताउनुभयो । सरकार बने राम्रै हुने बताएका देउवाले चुनावबाहेक अर्को बाटो उचित नहुने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu