ठाडामा प्रथम ब्याडमिन्टन कप सुरु
अर्घाखाँची-शितगङ्गा नगरपालिका वाड न ३ ठाडा ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम ठाडा ब्याडमिन्टन कप–२०७७ आजदेखि सुरु भएको छ । ठाडा ब्याडमिन्टन क्लबको खेल मैदानमा सुरु भएको खेलमा शितगङ्गा नगरपालिका भित्रका खेलाडि, तथा हाल शितगङ्गा कार्यरत कर्मचारिको १८ टोलीको सहभागिता रहेको छ । खेल सिङ्गल लिग सिस्टम खेलाउने आयोजकले बताएको छ।

कार्यक्रमको अध्यक्षतामा रुपेश गौचन,खेलको प्रमुख अतिथी शीतगङ्गा नगरपालिकाका उपप्रमुख टीका रेस्मीले उद्घाटन गर्दै क्लबले शितगङ्गामा पहिलो पटक खेलाडीलाई जम्मा गरेर नगर स्तरको प्रतियोगिता गरेको भन्दै आयोजक क्लबलाई धन्यवाद दिए।
बिशिस्ट अतिथी शितगङ्गा नगर प्रशासकिय प्रमुख प्रेम के.सि, अतिथी यसै वाड्का अध्यक्ष हेमनाथ भुषाल,वाड न ४ का अध्यक्ष दामोदर अधिकारी,खेल प्रेमी तथा शिक्षा प्रमुख नगेन्द्र नेपाल,इप्रका ठाडाका प्रमुख बाबुराम बस्नेत,इस्वरी गुल्ममा प्रमुख लगाएत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यताम ठाडा प्रथम ब्याडमिन्टन कप उद्घाटन भएको थियो । रेस्मिले खेलकुदले व्यक्तिको शारीरिक रुपलाई तन्दुरुस्त राख्न मद्धत गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता खेलकुदको आयोजना गर्न क्लबलाई आग्रह गरे ।

उनले भने, “खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका सहयोग गर्न तयार छ ।” खेलकुद प्रतियोगिताको ब्यबस्थापन खर्चको लागी आर्थिक सहयोग वाड न ३ ले सहयोग गरेको छ। क्लबका अध्यक्ष रुपेस गौचनले नेपालमा ब्याडमिन्टन खेलको विकासका लागि आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको बताए। सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि दाताहरुलाई धन्यबाद दिएका थिए.आजदेखि सुरु भएको प्रतियोगिता आगामी चैत २८ गतेसम्म चल्नेछ।