Connect with us
Kapilvast Forest

३ साता शैक्षिक संस्था बन्द गर्ने सीसीएमसीको प्रस्ताव

२०७७, २८ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं-कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ३ साताका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको छ । नेपालमा युके भेरियन्टको कोरोना संक्रमण फैलिने खोजिम बढेको भन्दै सीसीएमसीले ३ साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ठूला शहरी क्षेत्रमा नयाँ भेरिन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै अनलाइन माध्यमबाट कक्षा संचालन गर्न सीसीएमसीलाई प्रस्ताव गरेको थियो ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले मन्त्रालयको प्रस्तावमाथि छलफल गर्दै संक्रमण बढी हुने स्थानका विद्यालय र कलेज ३ साता बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

सीसीएमसीले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन पनि अपिल गरेको छ । सीसीएमसी पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखापरेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपिल गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बताउनु भयो ।

यसबाहेक बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj