Connect with us
Kapilvast Forest

१० वर्षे मार्गचित्र सार्वजनिक

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यसमितिले प्रतिबद्धता जनाएअनुसार आर्थिक रुपान्तरणको मार्गचित्र सार्वजनिक गरेको छ ।
मुलुकको आर्थिक समृद्धिका लागि हत्वपूर्ण भूमिका निर्वाह गर्ने निजी क्षेत्रले अबको १० वर्षमा के कस्ता गतिविधिमार्फत थप योगदान र परिणाम निकाल्न सकिन्छ भन्ने लक्ष्यसहित महासंघले आफ्नो ५५औँ वार्षिक साधारण सभामा राष्ट्रिय आर्थिक रूपान्तरण–२०३० सार्वजनिक गरेको हो ।

वर्तमान विश्वको आर्थिक गतिवधि नेपालको आवश्यकता र भोलिको अवस्थालाई गहन विश्लेषण गर्दै तयार पारिएको यो रूपान्तरणको खाकाले सन् २०३० सम्ममा नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर बराबरमा पुर्याउने लक्ष्य राखेको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj