Connect with us
Kapilvast Forest

बिर्तामोडमा दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

accident

 

काठमाडौं- बिर्तामोड नगरपालिका-६ बुट्टाबारीस्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका-५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरीको मृत्यु भएको छ।

आइतबार बिहान ७ बजे पूर्वतर्फ जाँदै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाइकलले सोही दिशामा जाँदै गरेको मे १ ख २६२७ नम्बरको बसलाई उछिन्ने क्रममा बसमा ठोक्किन गई मोटरसाइकल अनियन्त्रित हुँदा बिपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक चौधरी घाइते भएका थिए। उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक, ट्रक चालक इलामको देउमाई नगरपालिका-६ रक्सेका ४२ वर्षीय निमा शेर्पा र बस, बस चालक मोरङको उर्लाबारी नगरपालिका-४ का ३० वर्षीय खड्कबहादुर भुजेल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu