Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीलाई भीम रावलको प्रश्न : तक्माका नक्सामा कालापानी किन गायब ?

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिले शुक्रबार वितरण गरेको तक्मामा नेपालको नक्सा चुच्चे होइन, बुच्चे राखिनुमा गम्भीर शंका व्यक्त गनु भएको छ ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न पदवीका तक्मामा अंकित नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएका छैनन्।

यसो गरिनाको कारण भारतीय गुप्तचर निकाय रअका प्रमुखले बालुवाटामा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुको परिणाम त होइन भनेर नेता रावलले प्रश्न उठाउनुभएको हो । यसको जवाफ प्रधानमन्त्री ओलीले दिनुपर्ने उहाँको माग छ।

उहाँले भन्नुभएको छ , ‘राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के होरु प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ।’

सामाजिक सञ्जालमार्फत उनले अगाडि प्रश्न गर्नु भएको छ ‘यसो हुनुको कारण कतै बालुवाटारमा प्रमको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन?

केही समयअघि भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले प्रधानमन्त्रीको सरकारी निवास ९बालुवाटार० मै आएर मध्यराति प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको थियो । जसको व्यापक आलोचना भएको थियो।।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu