Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीद्वारा एमाले केन्द्रीय कमिटीको बैठक आवहान

२०७७, ३० चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ६ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले बताउनुभयो ।

यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो । एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ ।

 

समानान्तर गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बनको कारबाही गरेका छन् । ओलीले आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गरेका छन् ।

गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो । आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी छ ।

गएको ५ पुसमा प्रतिनिधिसभा विघटनको निर्णयमा साथ दिने नेताहरुलाई सांगठनिक जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारिएको एक नेताले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu