पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीलाई सम्मान
कपिलवस्तु –
कपिलवस्तुको तौलिहवामा नेपाल पत्रकार महासंघमा नव निर्वाचत पदाधिकारी र सदस्यलाई स्वागत एवं बधाई तथा नव बर्ष २०७८ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ ले राखेको कार्यक्रममा महासंधका नव निर्वाचित भएका पदाधिकारीहरुलाई स्वागत र संम्मान गर्दै पुर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले पत्रकारहरुले सही सुचना प्रावह गर्नु पर्ने बताए ।
देशभर प्रतिगामी बिरुद्धको गठबन्धनले महासंघका जित हासिल गरेका प्रति खुशी ब्यक्त गर्दै उनले पत्रकारहरुले लोकतन्त्रको रक्षा र जनतको बिश्वास जित्ने गरी काम गर्नु पर्ने बताए । उनले महासंघले संचालन गर्ने गतिबिध र कार्यक्रमहरुमा आफनो साथ रहने भन्दै भवन निर्माणमा समेत साथ रहने प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा कांग्रेसका पुर्व जिल्ला सभापति राजशे आचार्य र सुधाकर पाण्डेयले पत्रकारहरुले चाथौ अंगकारुपमा जनताको मन जित्ने गरी काम गनर््ु पर्ने बताए ।

सो अवसरमा पत्रकार महासंघकाम नव निर्वाचित अध्यक्ष किरणमान बज्राचार्यले पत्रकारहरुको हकहीत स्थापनाकालागि कुनै कसर नछाडने बताए । उनले संचारकर्मी र संचार संस्थाहरुको संरक्षणकालागि पालिकाहरुले समते सहयोग गर्नु पर्नेमा जोड दिए । सो अवसरमा नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ताले पत्रकार महासंघसंग नगरपालिकाले सहकार्य र समन्वय गरी आवश्यक सहयोग गर्ने बताईन ।
कार्यक्रममा वडाध्यक्ष प्रकाश गैरेले पत्रकार महासंघको भवन निर्माणकालागि एक लाख सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले महासंघसंग सहयोग र समन्वय गरी अघि बढने बताए । वडाध्यक्ष गरैको अध्यक्षता र नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सचिव महेन्द्र पाठक, कोषध्यक्ष शोकरत तेली, कांग्रेस नेताहरु केदाननाथ शुक्ला, सुरेश शर्मा, राजेश ज्ञवाली, बिश्वराज पाण्डेय, माधव पराजुली, महासंघका कोषध्यक्ष मोहन बेल्बासे, सदस्य पार्वती पाण्डेय वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार लगायतले मन्तब्य दिएका थिए ।