डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति पुरस्कार ताराखोलाकि पौडेललाई प्रदान
झबिन भण्डारी , गलकोट- निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाहरुले प्रदान गर्ने हरेक बर्षको डा। हरिहरदेव पन्त स्मृती पुरस्कार आज एक कार्यक्रम को आयोजना गरि निर्धन उत्थान लघुबित्त बित्तिय सस्था शाखा कार्यालय गलकोटले प्रदान गरेको छ।
ताराखोला गाउपालिका वडा न ५ खम्पुलकी सदस्य कलि पौडेलकी छोरी ज्तोती पौडेललाइ शाखा कार्यालय गलकोट का शाखा प्रबन्धक लक्ष्मण सापकोटाले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दैन प्रबन्धक सापकोटाले निर्धन उत्थान लघुबित्त सस्थाले प्रत्येक बर्ष यस्तै कार्यक्रम मार्फत बिद्यार्थीहरुलाइ हैसाला प्रदान गरेको भन्दै आगामी दिनमा अझ शैक्षिक सफलताको कामना गर्नुभएको थियो।कार्यक्रम को सन्चालन सस्थाका कर्मचारी प्रभात कुमार शाहले गर्नुभएको थियो।