आज नयाँ वर्ष सुपा देउरालीमा भक्तजनको घुइचो हजारौ सवारी प्रवेस
अराज बेल्बासे , शितगंगा-
अर्घाखाँचीको प्रशिद्ध धार्मिक स्थल सुपा देउरालीमा नयाँ बर्षको अवसरमा घुम्न तथा दर्शन गर्न आउने भक्तजनको घुइचो लागेको छ । नयाँ बर्षको अवसर पारी जिल्ला भित्रका समेत हजारौ भक्तजनहरु सुपा देउराली पुग्ने गर्छन भने अन्य दिनको तुलनामा आज देउरालीमा आउने जिल्ला बाहिरका भक्तजनको सख्या समेत अत्याधिक रहेको छ ।
बिहान देखि ठाडा प्रहरी चौकी हुँदै हजारौ सवारी साधन प्रवेस गरिसकेका छन । अत्याधिक सख्यामा मोटरसाइकलमा आउनेहरु छन भने साना गाडिहरुको प्रयोग गरि आउनेको सख्या पनि सबै भन्दा बढि छ आज विभिन्न जिल्लाबाट बस एक सय भन्दा बढि प्रवेस गरेका छन । अहिले सुपा देउरालीमा भक्तजनको भिडभाड भइसकेको स्वयंसेवकको रुपमा खटेका नयाँ सोच युवा समुहका संयोजक हरि खनालले जानकारी दिनु भयो ।
सवारी साधनको चापले गर्दा लामो समय जाम परेको छ साघुरो सडकका कारण यात्रामा हिडेका यात्रुहरुलाइ भने समस्या भएको छ । सवारी साधन ब्षवस्थापनका लागि सुपा क्षेत्रमा ८ जना ट्राफिक सहित दर्जनौ प्रहरीले सुरक्षा प्रदान गरिरहेका छन ।
पार्किङमासमस्या
सुपा देउराली आउने सवारी साधनहरुलाई पार्किङमा समस्या हुने गरेको छ साधुरो सडक भएका कारण सवारी क्रस हुन समेत समस्या भएकोले टाढाबाट आउने सवारी पार्किङ गर्न निकै टाडा सम्म पुग्नु पर्ने र सडक छेउमै पार्किङ गर्नु पर्ने अवस्थाले सवारी तथा पैदल यात्रुहरुमा समेत असहज हुने गरेको छ । मन्दिर देखि करिव १ किलो मिटर दायाँ बायाँ पार्किङ गर्न निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक लाई ब्यवस्थापमा समस्या
अत्याधिक भिडभाड र सवारीचापका कारण ट्राफिकहरु लाई समेत सास्ती हुने गरेको छ सहजै सवारी गुड्ने अवस्था नहुँदा ट्राफिक प्रहरिले समेत कडाइ गर्न समस्या हुने गरेको छ साथै प्रवेश द्धारको जिर्ण सडकका कारण सहजै सवारी सञ्चालनमा समस्या हुँदा ट्राफिक जामको समस्या भएको छ ।
युवाहरुले स्वसेवकको भुमिका
सुपा देउरालीमा हुने भिडभाड ब्यवस्थावका लागी स्थानिय युवाहरुले स्वयसेवको रुपमा खटिएका छन । भिडभाडमा भक्तजनला पर्ने समस्या सवारी साधन ब्यवस्थापनमा निकै समस्या रहने भएकोले पनि स्थानिय हरि खनालको सयोंजकत्वमा र्दजनौ युवाहरु मन्दिर परिसरमा खटिएको हरि खनालले जानकारी दिनु भयो । स्थानि नयाँ सोच युवा समुहका युवाहरु आज मन्दरमा स्वयम सेवकको रुपमा खटिएका हुन ।
अपेक्षा गरिए भन्दा फितलो ब्यवस्थापन
हजारौको भिड हुने जानकारी हुँदा हुँदै पनि ब्यवस्थापन समितिको ब्यवस्थापकिय पाटो निकै फितलो भएको छ । मन्दिर पुग्ने आसपासको सडक निकै घुलाम्य हुँदा पनि समितिले पानी समेत छम्केकमे छैन अधिकांस उक्त क्षेत्रमा पैलद हिड्नु पर्ने अवस्था छ सडकको धुलोले पैदल यात्रुहरुलाइ निकै असर पुराएको छ ।

भिडभाडमा हुने सम्भाब्य दुर्घटना तथा चोरीको नियन्त्रणमा समितिको गम्भीर लापरबाही भएको पाइन्छ मन्दिर परिसरमा राखिएका अधिकांस सिसि क्यामेरा नचल्ने स्थानियहरुले बताएका छन भक्तजनका जुनासा सुन्ने निकाय कहिकतै देखिदैन मन्दिर ब्यवस्थापन समितिको कार्यलय मन्दिरको छेउमै रहे पनि कुनै समय कार्यलय खुलेको पाइदैन ।हजारौ भक्तजन अब्यवस्थित लाइन लागेर पुजापाठ गर्न बाध्य भएका छन
अपाङ्ग ,महिलापुरुष,वृद्ध बालबालिका सबै एकै लाइनमा घण्टै कुर्न पर्ने बाध्यतालाई समितेले नजर पुराउनु सकेको छैन । मन्दिर परिसरमा आज हुने भिडभाड लाई मध्यनजर गर्दै सरसफाइ गर्नु पर्नेमा समेत समितिले आज हुने भिडभाडलाई केन्द्रित गरेर कुनै सरसफाई तथा उचित ब्यवस्थापन गर्न नसकेको टाडा बाट आउने भक्तजनको गुनासो रहेको छ ।

देशकै प्रसिद्ध मन्दिरहरु मध्ये अर्घाखाँचीको सुपादउराली मन्दिर पनि हो ।देशका विभिन्न स्थान तथा भारत बाट दौनिक हजारौ प्रर्यटकहरु यहाँ दर्शनका लागि आउने गर्छन भने दौनिक लाखौ रकम समेत मन्दिरमा संकलन हुने गर्छ । बार्षिक करोडौ आम्दानी हुने सुपा देउरालीमा आउने भक्तजनहरु जब पहिलो पटक आउछन यहाँको ब्यवस्थापनले अचम्मित पर्छन ।
२ वटा स्थानियदतह सन्धिखर्क नगरपालिकाको र शितगंगा नगरपालिकाको स्वामित्व रहेको यो मन्दिरमा शितगंगा तर्फबाट नेत्तृत्व गर्ने समुहको सधै आलोचना हुने गरेको छ ।

सन्धिखर्क क्षेत्रमा पर्ने सडक तथा अन्य ब्यवस्थापन निकै राम्रो रहे पनि यता शितगंगा तर्फ दुर्घटना ग्रस्त जिर्ण सडकले गर्दा मन्दिर आउने भक्तजनले सास्थि मात्र खेप्दैन्न सडकको धुलोले चिनिनै गारो हुने गरि मन्दिर पुग्छन ।
सुपादेउरालीको आफ्नै महिमा रहेको छ चट्टानले बनेको पहाडमा रहेको मन्दिर देबि दुर्गाको पुजा गरिन्छ परापुर्वकाल देखि गरेको भाकल पूरा हुन्छ भन्ने बिश्वासका साथ नेपाल तथा भारतका विभिन्न स्थान बाट भाकल गरि यो मन्दिरमा आउने गर्दछन ।