Connect with us
Kapilvast Forest

घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, उपत्यकाका तीन कार्यालयमा आजै लागू

२०७८, २ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं – अबदेखि इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ गर्ने छन् ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागका अधिकारीको भनाइ छ ।

 

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा सुरु गरिएको  बताउनुभयो ।

कहाँ-कहाँ लागू हुन्छ ?

सूचना अधिकारी ढकालका अनुसार बिहीबार यो सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुने छ । त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

‘आजै सेवा पाउने भनेको डिल्लीबजार, कलंकी र भक्तपुरबाट हो,’ सूचना अधिकारी ढकालले अनलाइनखबरसँग भने, ‘एक हप्ताभित्र काठमाडौं उपत्यकाभरी र त्यसपछि क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुन्छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu