आज कुन देशको मुद्राको विनिमयदर कति ?
काठमाडौं-नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा रहेको छ ।यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ०६ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ ।