शनिबार चट्टयाङ्ग, हावाहुरी र असिना सहित वर्षाको सम्भावना
काठमाडौं-शनिबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमहाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा, तराईका थोरै स्थानहरुमा मेघगर्जन सहित पानी पर्ने महाशाखाले जानकारी दिएको छ । त्यस्तै, केहि स्थानमा चट्टयाङ्ग,हावाहुरी रअसिना सहित क्षणिक वर्षा हुने छ ।
शनिबार साँझ देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग, हावाहुरी र असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
भोलि आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आइतबार बेलुका भने देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, वागमती, गण्डकी र सूदरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकि भू(भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी रअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेकोहुनाले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।