Connect with us
Kapilvast Forest

विश्वमा कोरोनाबाट एकै दिन साढे १२ हजारको मृत्यु

२०७८, ४ बैशाख शनिबारमा प्रकाशित

corona_world.png

एजेन्सी-कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ४५३ जनाको मृत्यु भएसँगै विश्वभर मृत्यु हुनेको संख्या ३० लाख ११ हजार पुगेको हो।

यस्तै‚ पछिल्लो २४ घण्टामा विश्वभर ८ लाख २५ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा बढी भारतमा थपिएका छन्। भारतमा २ लाख ३३ हजार ९०० संक्रमित थपिएका छन्। सोही अविधमा एक हजार ३३८ संक्रमितको मृत्यु भएको छ।

यसैगरी अमेरिकामा ७९ हजार ४०० संक्रमित थपिएका छन् भने ८६३ जनाको मृत्यु भएको छ। ब्राजिलमा ७६ हजार २०० संक्रमित थपिँदा ३ हजार ७० जनाको मृत्यु भएको जनाइएको छ। टर्कीमा ६३ हजार संक्रमित थपिँदा २८९ जनाको मृत्यु भएको छ।

फ्रान्समा ३६ हजार ४०० संक्रमित थपिएका छन् भने ३१३ जना संक्रमितको मृत्यु भएको छ। फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ लाख नाघेको छ। अर्जेन्टिनामा २९ हजार संक्रमित थपिँदा १५९ जनाको मृत्यु भएको छ। इरानमा २५ हजार संक्रमित थपिँदा ३२८ जनाको मृत्यु भएको छ।

पछिल्लो पटक थपिएकासहित विश्वभर कोरोना संक्रमतिको संख्या १४ करोड ५ लाख पुगेको छ। जसमध्ये संक्रमणमुक्त हुनेको संख्या ११ करोड ९३ लाख पुगेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu