साहित्यकार श्यामदास वैष्णवको निधन
काठमाडौं-वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गएराति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ। विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला (भक्त) मानिने वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन्। वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाउनुभएको थियो।
विसं १९८१ साउन ५ गते काठमाडौँमा जन्मनुभएका वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी छन्। यसैबीच नई प्रकाशनले वैष्णवको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ।