Connect with us
Kapilvast Forest

‘फ्लोर क्रस’ गर्ने कर्णालीमा एमालेका ३ सांसद पार्टीबाट निष्कासित

२०७८, ४ बैशाख शनिबारमा प्रकाशित

 

काठमाडौं – माओवादी केन्द्र सरकारको पक्षमा मतदान गर्ने नेकपा एमाले तीन सांसदलाई पार्टीबाट निष्कासित गरेको छ। नेकपा एमाले कर्णाली प्रदेश कमिटीको शनिबार बसेको वैठकले पार्टीका सांसदहरू नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरुलाई निष्कासन गरिएको प्रदेश अध्यक्ष गोरख बहादुर वोगटीले जानकारी दिए। अर्का सांसद प्रकाश ज्वालालाई निस्कासन गर्न केन्द्रलाई पत्र पठाउने वैठकले निर्णय गरेको छ।

प्रदेश कमिटी अध्यक्ष बोगटीले जारी गरेको विज्ञप्तिमा संसदीय दलले गरेको निर्णयलाई समेत आधार बनाइ उनीहरुमाथि कारबाही गरिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ,‘निजहरुलाई २०७८ बैशाख ३ गतेदेखि लागु हुनेगरी पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिबेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ।’

एमालेका चार सांसदले पार्टी ह्वीप उलंघन गर्दै शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका थिए। एमालेका चार सांसदले पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको छ। एमाले कर्णाली प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu