Connect with us
Kapilvast Forest

बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार गरियाे

२०७८, ५ बैशाख आईतवारमा प्रकाशित

एजेन्सी -बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार भएको छ ।उहाँको विन्ड्सर कासलमा रहेको सेन्ट जोर्ज च्यापलमा अन्तिम संस्कार गरिएको हो ।

 

कोरोना भाइरसको महामारीका कारण राजकुमार फिलिप ९ड्यूक अफ एडिन्बरा० को अन्तिम संस्कारमा सीमित व्यक्तिहरु मात्रै सहभागी भएका थिए । बेलायत सरकारले लागू गरेको नियमअनुसार फिलिपको अन्तिम संस्कारमा शाही परिवारका सदस्य तथा नातेदार गरी ३० जना मात्र सहभागी भएका थिए ।

 

यस्तै, समारोहमा सुरक्षाबलका ७३० भन्दा बढी सदस्य सहभागी भए । अन्तिम संस्कारको मुख्य विधि गरिँदा महारानी एलिजाबेथ सेन्ट जोर्ज च्यापलमा बनाइएको क्वायरको अग्रस्थानमा एक्लै बस्नु भएको थियो ।

सहभागीहरुले मास्क लगाएका थिए भने भौतिक दूरी कायम गरेका थिए ।समारोहमा डीन अफ विन्ड्सरले राजकुमार फिलिपको दयाभाव, निष्ठा र मानवताको भावनाप्रति सम्मान प्रकट गरेका थिए ।

 

अन्तिम संस्कारको क्रममा राष्ट्रव्यापी रुपमा एक मिनेटको मौनधारण गरिएको थियो । राजकुमार फिलिपको अप्रिल ९ तारिखमा ९९ वर्षको उमेरमा निधन भएको थियो ।फिलिपको जन्म सन् १९२१ जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu