Connect with us
Kapilvast Forest

शितगंगा १०मा नेकपा एमालेको प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

अर्घाखाँची-नेकपा एमाले शितगंगा नगर कमिटिले वडानम्बर १० को हर्रेमा पाटी प्रक्षिक्षण तथा अन्तरकृया कार्यक्रम हर्रेमा सम्पन्न भएको छ । नेकपा एमाले नगर इन्चार्ज ओपि पाण्डेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १० का विभिन्न स्थानका ३० जना भन्दा बढि नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै एमाले इन्चार्ज पाण्डेले देशमा भएका ठुला परिवर्तनमा कम्युनिस्ट आन्दोलनकै कारण सम्भव रहेकोले पनि अबको आबश्यक्ता बिकास र आर्थिक क्रान्तिको रहेको बताउदै त्यो सम्भव एमाले बाट मात्र सम्भव रहेकोले कम्युनिष्ट पाटीको मुलधार एमालेमा रहेको बताउनु भयो ।

अझै पनि माओवादीका केही नेतामा जनयुद्धको धङधङी रहेको र त्यहि नाममै मागि खाने भाडो बनाउने गरेको बताउदै जनआन्दोलनको सफलताले गणतन्त्र आएको र राजतन्त्रको अन्त्य भईसकेको बताउदै जनआन्दोलनको मर्म अनुसारनै अब बिकास र आर्थिक क्रान्तीको आबश्यक्ता रहेकोले अब नेकपा एमालेले देशमा बिकास र आर्थिकक्रान्तीको मुद्धा बोकेकोले कम्युनिस्ट हरु एमालेमा एकाबद्ध भएको बताउनु भयो ।

यस्तै शितगंगा नगरकमिटि अध्यक्ष वसन्त श्रेष्ठले शितगंगा नगरपालिकाको बिकास प्रदेश सरकार र केन्द्रमा पहल गर्दै विभिन्न सडक निर्माण ,पुलहरु निर्माणमा पाटीले भुमिका खेलेको बताउनु भयो । जनप्रतिनिधि जनता प्रति उत्तरदाहि बन्न नसकेको आरोप लगाउनु भयो । यस्तै अध्यक्ष श्रेष्ठले सरकारका लोकपृय कार्य र योजनामा युवा जोडिनु पर्ने बताउदै कृषि लोन लगायतका सरकारका योजनामा युवाहरु अग्रसर हुनु पर्ने बताउनु भयो।

यस्तै युवासंघ शितगंगाका संयोजक तिलक अधिकारीले कार्यक्रममा बोल्दै वडामा भएका गतिबिधीमा निग्रानी बढाउन युवामा अनुरोध गर्नु भयो । वडाले कार्यालयले राजनितिक आस्थाका कारण गर्ने वाइवास बिरुद्ध आवाज उठाउन अनुरोध युवाहरुलाइ अनुरोध गर्दै प्रतिपक्षको थिचोमिचनेमा नपर्न र आवाज उठाउन अनुरोध अनुरोध गर्दै युवासंघले जनतालाई अप्ठेरो पर्दा जुन बेला पनि साथ दिन तयार रहेको बताृनु भयो ।
यस्तै प्रक्षिक्षण कार्यक्रममा बोल्दै पाटि सचिव ऋषि घिमिरेले उपभोक्ता अधिकार प्रयोग गर्न कार्यक्रताहरुलाई अनुरोध गर्नु भयो । वडाले बिकासको योजना तयार गर्दा सबैलाइ सहभागिता नगराइ आफुखुशी योजना बनाउने गरेकोमा बिरोध गर्दै सबै जनताहरुको आबश्यक्ताको आधारमा योजना बनाउन स्थानियहरुले भुमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा एमाले वडा कमिटि अध्यक्ष थानेश्वर बेल्बासेको अध्यक्षता ,जिल्ला सदस्य तथा इञ्चार्ज ओपि पाण्डेको प्रमुख आथित्यता जिल्ला सचिवालय सदस्य तथा नगर अध्यक्ष वसन्त श्रेष्ठ जिल्ला कमिटि सदस्य धन बहादुर राना जिल्ला सदस्य तथा नगर सचिव ऋषि घिमिरे युवा संघ नगर अध्यक्ष तिलक अधिकारी,जिल्ला सदस्य धन प्रसाद पोख्रेल ,रामजि बेल्बासे,बिष्णु पौडेल नगर सदस्य शिशिर पोख्रल युवा संङ इञ्चार्ज राम बहादुर बलाल युवा संघ वडा कमिटि अध्यक्ष भक्तिराम भण्डारी लगायतको उपस्थित मा सम्प्न कार्यक्रममा केशब बेल्बासेको सञ्चालन र राजन गुरुङको सञ्चालनमा सम्प्नन भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu