शिवराजमा निशुल्क ३ दिने स्वास्थ्य शिविर संचालन
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा सोमबारदेखि निशुल्क ३ दिने स्वास्थ्य शिविर संचालन भएको छ ।शिवराज नगरपालिकाको आयोजना जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको सहयोगमा आजदेखी शिविर संचालन भएको हो । ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।
उहाँले गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरेको बताउनुभयो ।तीनदिनसम्म सञ्चालन हुने शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यँन्सर जांच , महिलाहरुको पाठेघर खस्ने सम्स्याको जांच तथा उपचार ,क्षरोग तथा कुुष्ठरोगको जाचं तथा उपचार सम्बन्धि समस्याबाट उच्च जोखिममा रहेको पाईएकोले जिल्ला जनस्वास्थ्यसग सम्पर्क सम्बन्यय गरि एकीकृत रुपमा पाठेघर ,छाला कुष्ठरोग सम्बन्धि शिविर विशेषज्ञ सेवा प्रदान भइरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पान्डेले जानकारी दिनुभयो ।
कार्यक्रम बोल्दै नगर उपप्रमुख शिवकुमारी चौधरीले समाजमा पाठेघर सम्बन्धि रोगहरुलाई महिलाहरूले अहिले पनि खुलेर भन्न नसकेको कारणले समस्या जटिल भएको तर्क गर्नुभयो ।मुस्लिम समुदायको बाहुल्यता रहेका ठाउँमा यसको झन बढी रहेको चौधरीले बताउनुभयो ।
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले यस क्षेत्रमा पाठेघर सम्बन्धि रोगहरु धेरै देखिएकाले शिविर संचालन गरेको जानकारी दिनुभयो ।आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख डाक्टर महेश गुप्ताले शिविरमा पाठेघरको मुखको क्यान्सर परिक्षण , महिलाहरूको पाठेघर खस्ने समस्याको जाँच तथा उपचार, क्षयरोग तथा कुष्ठरोगको जाँच तथा उपचार गरिने बताउनुभयो ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी,उपप्रमुख शिवकुमारी थारु तथा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पान्डेले ब्यानर पढेर उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा शिवराज नगरपालिका कार्यपालिका सदस्य सि.वी गहतराज, शान्ता सेन,नगर स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई , शिवपुर स्वास्थ चौकी प्रमुख लेखनाथ पौडेल,चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव गोपाल बन्जाडे , शिवगढी स्वास्थ्य चौकी प्रमुख बिरेन्द्र मिश्र ,समिति सदस्य कल्पना पान्डे ,वेगम बिश्वकर्मा आधारभूतस्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख डाक्टर महेश गुप्ता लगायतको उपस्थिति रहेको थियोे ।