Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल हेरफेर: मुख्यमन्त्री पोखरेल सुरक्षित

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

safat lumbini

 काठमाडौं – आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । अविश्वासको प्रस्तावबाट असुरक्षित देखिएका मुख्यमन्त्री पोखरेल यससँगै सुरक्षितहुनु भएको छ ।

कर्णाली प्रदेश सरकारमा एमालेकै माधव नेपाल समूहले गरेको फ्लोर क्रसको सम्भावनालाई पोखरेलले दोहोरिए पनि फरक नपार्न यो हेरफेर गरिएको प्रष्ट बुझिन्छ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सोमबार अपरान्ह सपथ गराउनु भयो । थपिएका मन्त्रीमध्ये भौतिक पूर्वाधारमा सन्तोष पाण्डे, सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी थारूले आर्थिक मामिला तथा योजना मन्त्रालय साथै ग्रामीण तथा शहरी विकास मन्त्रालय, उद्योगमन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादी र कांग्रेस मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुई घण्टा नबित्दै जसपाले सरकारलाई समर्थन गरेको समाचार बाहिरिएको थियो।

कृषिमन्त्री आरती पौडेललाई उद्योग वन तथा वातावरण मन्त्री बनाइएको छ। त्यसैगरी कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu