Connect with us
Kapilvast Forest

९९.५ मेगावाट क्षमताको तामाकोसी–५ निर्माणको तयारी

२०७८, ७ बैशाख मंगलवारमा प्रकाशित

 

काठमाडौं-माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९।५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको जनाइएको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युत्गृहमा पु(याउने र त्यहाँबाट विद्युत् उत्पादन गर्ने योजनाअनुरूप नेपाल विद्युत् प्राधिकरणले यो आयोजना बनाउन लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तामाकोसी–५ जलविद्युत् कम्पनीमार्फत काम अगाडि बढाइरहेको जानकारी दिनु भयो ।

जनताको जलविद्युत् कार्यक्रममा राखिएको यो आयोजना आगामी आर्थिक वर्षभित्र निर्माण थाल्ने योजना प्राधिकरणको छ । “हाम्रो योजनाअनुसार अब लगानीकर्तासँग छिट्टै समझदारीपत्रमा हस्ताक्षर गर्नेछौँ । त्यसलगत्तै ठेक्का प्रक्रिया सुरु गर्न पाए र सरकारले पर्याप्त बजेट विनियोजन गरे आर्थिक वर्ष २०७८र७९ भित्र निर्माण थाल्नेछौँ”, उहाँले भन्नु भयो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu