Connect with us
Kapilvast Forest

नेपालगञ्जमा आजदेखि वैशाख १५ सम्म लकडाउन

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

दाङ-बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ।नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरिएको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने बताउनुभयो ।उहाँले बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नु परेको बताउनुभयो ।

कोरोना संक्रमणको फैलावट तोड्न र कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्नु परेको प्रजिअ गेलालले बताउनुभयो ।लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा ९बैंक तथा वित्तिय संस्था समेत० सञ्चालनमा रोक लगाइएको छ।

अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ।बाँकेमा थप एक संक्रमितको मृत्युबाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।नेपालगञ्ज उपमाहानगर वडा नम्बार १२ का ७० वर्षीय पुरुषको भेरी अस्पतालमा गए राति निधन भएको हो।

कोरोना फोकल पर्सन तेज वलीका अनुसार उनलाई चैत २९ गते संक्रमण देखिएको थियो।योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu