Connect with us
Kapilvast Forest

कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेव यादव

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ ।निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा पूर्वमहान्यायाधिवक्ता यादवलाई जिम्मेवारी दिने सहमति कांग्रेस शीर्ष नेताहरूबीच भएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेसका पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठकले निर्वाचन समितिको संयोजक चयन गरेको हो ।

अधिकारीको राजीनामापछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेलाई नै संयोजक बनाउनुपर्ने अडान राखेको थियो । लामो समयको छलफलपछि आज यादवको नाममा सहमति जुटेको हो ।

बैठकले यसअघि निर्वाचन समितिले समायोजन टुंग्याउन नसकेर पार्टीलाई नै जिम्मा लगाएको विवाद पुनः निर्वाचन समितिबाटै टुंगो लगाउने सहमति पनि गरेको छ । बैठकमा सहभागी नेताहरूले राजनीतिक विषयमा के(कस्तो छलफल भयो रु भन्ने जानकारी दिएका छैनन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu