Connect with us
Kapilvast Forest

आत्मनिर्भर बनाउन महिलालाई ढाकाको कपडा बनाउने तालिम

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

माधव बेल्बासे
कपिलवस्तु-
शिवराज नगरपालिका वडा न ५ का १६ जना महिलालाई ढाकाको कपडा बनाउने तालिम दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोग,दलित मानव अधिकार निगरानि समिति कपिलवस्तुको सहजिकिरणमा दुई महिना सम्म महिलाहरुलाई तालिम प्रदान गरिएको हो ।

बुधवार तालिमको समापन गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले तालिममा सिकेका कुरालाई अब व्यवहारमा ल्याउनुपर्ने बताउनुभयो । नगरपालिकाले महिलाहरुलाई लक्षित गरेर विभिन्न सिपमुलक तालिमहरु संचालन गरेको भन्दै ढाकाको कपडा बनाउने तालिमले महिलाहरुलाई स्वरोजगार बनाउन टेवा पुग्ने बताउनुभयो । तालिम सिकेका महिलाहरुले एउटा समुह निर्माण गरि त्यहि समुह मार्फत कपडा उत्पादन तथा विक्रिको व्यावस्था गर्न सुझाव दिनुभयो । महिलाहरु उद्यमी भएमा नगरपालिकाले बजारिकरण लगाएत अन्य काममा सहयोग गर्ने अधिकारीले प्रतिवद्धता जनाउनुभयो ।

शिवराज नगरपालिका वडा ५ का अध्यक्ष अर्जुन पाण्डेले महिलाहरुको मागको आधारमा तालिम संचालन गरिएको बताउनुभयो । तालिम लिएर मात्र उपलब्धी नहुने भएकोले अब व्यावसायिक तारिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो । गत फागुन ४ गते देखि सुरु भएको तालिममा सहभागिहरुलाई ढाकाको कपडा बनाईमा दक्ष बनाइएको दलित मानव अधिकार निगरानि समिति कपिलवस्तु अध्यक्ष मिना परियारले बताउनुभयो । तालिमको समयमा मात्र नभई आगामी दिनमा पनि ईच्छुक सहभागिहरुलाई व्यवसाय गर्न प्रोत्साहन गरिने परियारले बताउनुभयो ।

अत्याधुनिक किसिमका ढाकाका बर्का,कोटको कपडा,सुट लगाएतका कपडाहरु बनाउन सिकाएको प्रशिक्षक सम्झना परियारले बताउनुभयो ।सिप नभएर घरमा खाली बसेको बेला तालिमवाट सिप हासिल गर्न सकेको सहभागि रिनादेवि चौधरीले बताउनुभयो । तालिममा सिकेको सिप मार्फत आफु आत्मनिर्भर बन्ने चौधरीले बताउनुभयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu