प्रबिधीमैत्री बन्दै महाराजगंज नगरपालिका
कपिलबस्तु-
कपिलबस्तुको महाराजगंज नगरपालिका विकासको योजना, पुर्वाधार निर्माण,कृषि, शिक्षा जस्तै सञ्चार क्षेत्रमा पनि अगाडि देखिएको छ।
नगरपालिकाले नव वर्ष संगै व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता सम्बन्धि शिविर सञ्चालन गर्ने भएको छ । बस्तीस्तरमै पुगेर व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता सम्बन्धि शिविर सञ्चालन गर्ने महाराजगंज नगरपालिकाले जनाएको हो।
महाराजगंज नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा बुधवार सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना शिबिर सञ्चालन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरि दर्ता शिविर सञ्चालन हुने बारे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनुभएको छ ।
ग्रामीण क्षेत्रका सर्वसाधारण जनताहरुलाई विद्युतिय माध्यमबाट सेवा सुविधा प्रवाह गर्ने उदेश्यले नेपाल सरकारले सुरु गरेको यो अभियान देशरभमा सुचारु भएको छ । सन् २०२४ सम्म सम्पूर्ण नेपालीहरुको व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमा राख्ने नेपाल सरकारको अगाडि सारेको योजना अनुसार महाराजगंज नगरपालिकाको ११वटै वडा २०७८ बैशाख १२ गते देखि २६ गते सम्म सबै किसिमका व्यक्तिगत घटनालाई डिजिटलाइज गर्न शिविर सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत खरेलले बताए ।
अनलाईन प्रणाली सुचारू गर्नु भन्द पहिले भएको घटनादर्ताहरुको बिवरण लाई डिजिटाईजेशन गर्ने कार्य अन्तिम चरणमा रहेको बताउदै छुटेका र नयाँ दर्ता गर्नका लागि एउटा वडामा ५ दिन काम गर्ने गरि शिविर सञ्चालन गर्न थालिएको उनले जानकारी दिए । ‘जन्म, मृत्यु, विवाह दर्ता, बसाइसराई,सम्बन्ध बिच्छेद जस्ता घटना ३५ दिन भित्रै गर्नु पर्ने हो’खरेलले भने–‘ तर, कुनै कामको लागि अनिवार्य नभए सम्म दर्ता नगर्ने हाम्रो परिपाटी छ, यसलाई अन्त्य गर्दै व्यक्तिगत घटनाहरु तत्कालै गर्न पर्ने बिषयमा प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जोड दिनु भयो ।
नगरपालिकाको तथ्यांक डिजिटालईज गर्ने कार् तिब्र रुपमा अगाडी बढाएकोमा पंजिकरण शाखामा कार्यरत कर्मचारीहरुको प्रशांसा गर्दै युग प्रविधियुक्त भइसकेको हुंदा अब सबै नागरिकले घरमै बसेर प्रविधिको प्रयोग गर्नु पर्ने खरेलले बताए । व्यक्तिगत घटना दर्तामा कोहीकसै नछुट्ने गरि पालिकाको सिंगो परिवार, वडा अध्यक्ष सदस्य, शिक्षक, विभिन्न संघ संस्था लगायतका सम्पूर्ण जानकारहरुले सहयोग गर्न खरेलले आग्रह गरेका छन् ।
सामाजिक सुरक्षाको विषयमा सेवा सुविधालाई व्यवस्थित र सम्बन्धित नागरिकलाई लाभ हुने गरि बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्ने कार्य थालिएको पालिकाले जनाएको छ । त्यस्तै व्यक्तिगत घटना कसरी, कहाँ दर्ता गर्ने रु को को व्यक्ति आवश्यक पर्छ, भन्ने विषयमा नगरपालिकाका सुचना प्रबिधी अधिकृत बृजेश कुमार चौधरीले प्रस्तुतीकरण गरेका थिए ।
नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटनादर्ता शिबिर सञ्चालनको लागि आयोजना गरिएको १ दिने कार्यक्रम महाराजगंज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलको अध्यक्षता तथा एम,आई,एस अपरेटर बृजेश यादवको सञ्चाल तथा नगरपलिकाको पञ्जिकरण शाखाका फिल्ड सहायक शिवकुमार हरिजनले ले सहभागिलाई स्वागत मनतब्यमा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा नगरपालिकाको बिषयगत शाखा प्रमुख,११ वटै वडाको वडा सचिव,सेवा प्रदायक संस्थाको कार्मचारी लगायत नगरपालिकाको अन्य कर्मचारीहरुको सक्रिय सहभागिता रहेको नगरपालिको सुचना प्रबिधी अधिकृत बृजेश कुमार चौधरीले जानकारी दिनु भयो ।