अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो
काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी रहनु भएको थियो।
नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिनु भएको छ । उहाँले सञ्चार माध्यममा भेटबारे प्रतिक्रिया नदिने बताउनु भयो ।