Connect with us
Kapilvast Forest

राजस्थानलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

एजेन्सी -रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार चौंथो जित निकालेको छ ।बिहीवार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।बैंगलोरको जितमा देवदत्त पडिकलले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले । उनको यो आईपीएलमा पहिलो शतक हो ।

कप्तान विराट कोहलीले अविजित रहदै ७२ रनको इनिङ्स खेले ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

राजस्थानका लागि शिबम डुबेले सर्वाधिक ४६ रन बनाए । राहुल टेवाटियाले ४० रन जोड्दा रियान परागले २५ रन बनाए ।कप्तान सन्जु सामसनले २१ रन बनाउँदा क्रिस मोरिसले १० रन बनाए ।

बैंगलोरका मोहमद सिराज र हर्सल पटेलले ३/३ विकेट लिए ।केली जेमिसन, केन रिचार्डसन र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए ।जितसँगै बैंगलोरले ४ खेलमा ८ अंक जोडेको छ । र, बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ ।राजस्थानले ४ खेलमा २ अंक जोडको छ । राजस्थान पुछारमा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu