गर्मीमा आँप खानूस्, यस्ता छन् फाइदाहरु…
काठमाडाैं-आँप गर्मी मौसममा पाइने फलफूल हो । आँपलाई फलफुलको राजा पनि भनिन्छ । आँप स्वास्थयको लागि पनि फाइदाजनक हुन्छ । यसमा प्रशस्त प्रोटिन, फ्याट, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’, कपर लगायतका तत्वहरु पाइन्छ । काँचोमा अमिलो र पाकेपछि गुलियो हुने आँप धेरैको रोजाइमा पर्छ ।
आँप खानुका यस्ता छन् फाइदाहरु
-आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाइन्छ ।
-कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्या निको हुन्छ ।
– रोगप्रतिरोधात्मक क्षमता बढाउछ ।
– मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउछ ।
-आँपमा फाइबर, भिटामिन सी पाइने हुनाले कोलेस्ट्रेरोलको लेवल कम गर्छ । साथै मुटु सम्बन्धी समस्या हटाउछ ।
-ब्लडप्रेशरको लेवल कन्ट्रोल गर्छ।
-चम्चा आँपको पेस्ट बनाई त्यसमा दही मिलाएर कपालमा लगाउने र आधा घण्टा पछि धुने गर्नाले कपाल नरम मुलायम हुनुका साथै चायाँ पर्ने समस्याबाट मुक्ति मिल्छ ।