Connect with us
Kapilvast Forest

पशुपति मन्दिर आजबाट अनिश्चितकालीन बन्द

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं – कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको छ ।पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई रोक लगाउने र नित्य पूजामात्रै गर्ने निर्णय गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा। मिलन कुमार थापाले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको बताउनुभयो ।

कोरोना संक्रमणका कारण २०७६ चैत ११ गतेदेखि ९ महिनासम्म पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । संक्रमण केही कम भएपछि २०७७ पुस १ गतेदेखि पुनः पशुपतिनाथ मन्दिर खुल्ला गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu