Connect with us
Kapilvast Forest

कमल थापाले दिए प्रधानमन्त्री ओली र प्राधिकरणलाई धन्यवाद

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

 

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महाभूकम्पले ध्वस्त बनाएको संरचना पुनर्निर्माण गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई धन्यवाद दिनुभएको छ ।

अध्यक्ष थापाले वि।सं। २०७२ सालको महाभूकम्पबाट ध्वस्त भएको रानीपोखरी, नेपाली सेनाको मुख्यालय, दरवार हाइस्कुलको पुनर्निर्माण र नयाँ स्वरुप प्रशंसनीय भएको बताउनुभएको छ ।

अध्यक्ष थापाले पुनर्निर्माण भएका संरचनाले काठमाडौंको सौन्दर्य बढाएको पनि बताएका छन् । उनले ती संरचनाले काठमाडौं रमणीय बनेको बताउनुभउको हो ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली र प्राधिकरणलाई धन्यवाद दिनुभउको हो । उहाँले विभिन्न संरचनाको पुनर्निर्माणमा संलग्न सबैजना बधाई र धन्यवादको पात्र भएको पनि बताउनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu