Connect with us
Kapilvast Forest

महाराष्ट्रको एक अस्पतालमा आगलागी हुँदा १३ संक्रमितको मृत्यु

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

एजेन्सी — भारतको महाराष्ट्र राज्यको पालघर जिल्लामा एक अस्पतालमा आगालागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ ।भारतीय समाचार संस्था एएनआईका अनुसार शुक्रबार पालघर जिल्लामा रहेको वसाई अस्पतालको कोभिड उपचार केन्द्रको आईसीयू कक्षमा आगलागी भएको हो ।

जिल्ला विपद् नियन्त्रण सेलका प्रमुख विवेकानन्द कदमका अनुसार अस्पतालमा १६ जना बिरामी उपचाररत थिए । वसाई नगरपालिकाको दमकलले करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको पनि उनले बताए । आगलागीबाट घाइते भएका बिरामीलाई नजिककै अर्को अस्पतालमा सारिएको छ ।

दुई दिन पहिले महाराष्ट्रकै नासिकको एउटा अस्पतालमा अक्सिजनको ट्यांकर लिक हुँदा २२ जना बिरामीको मृत्यु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu