Connect with us
Kapilvast Forest

शिक्षामन्त्री श्रेष्ठ र स्वीटजरल्याण्डका राजदूत एलिसावेथबीच भेटवार्ता

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं =- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेट गरेका छन् । भेटमा मन्त्री श्रेष्ठले नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासको क्षेत्रमा स्वीस सरकारको महत्वपूर्ण योगदान रहेको बताए ।

स्वीस सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम, स्थानीय विकास, सुरक्षित आप्रवासन, प्राकृतिक स्रोत व्यवस्थापन, सामुदायिक वन, यातायात र कृषिका क्षेत्रमा स्वीस सहयोग गर्दै आएको छ ।

 

स्वीस सरकारको सहयोगमा जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम दिने संस्था टिआइटिआइको स्थापना, रोजगार कोष परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, इन्स्योर परियोजनामार्फत एप्रेन्टिसीप कार्यक्रमको थालनी, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न स्वीस सरकारको एक्सेलेन्स छात्रवृत्ति, राष्ट्रिय योग्यता पद्धति सबलीकरण परियोजना लगायतमा सहयोग गर्दै आएको छ ।

मन्त्री श्रेष्ठले सहयोगका लागि स्वीस सरकारलाई धन्यवाद दिएका थिए । यस्तै राजदूत क्यापलरलले स्वीस सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने र मन्त्रालयले प्राविधिक र व्‍यावसायीक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्ने बताइन् । उनले भनिन्, ‘हामीले प्राविधिक शिक्षाको विकास गर्न स्थानीय र प्रदेश सरकारको भूमिका महत्वपूर्ण ठानेका छौं ।’

त्यही क्रममा मन्त्री श्रेष्ठले नयाँ शिक्षा योजना विकासको क्रममा रहेको बताए । आगामी दिनमा शिक्षा, विज्ञान तथा प्रविधि एवम् प्राविधिक शिक्षा र तालिमका विषयमा कसरी सहयोग अभिवृद्धि गर्ने भन्‍ने बारेमा सरकारले जानकारी लिन चाहिरहेको उनको भनाइ थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu