इंग्ल्यान्डका बलर जोफ्रा आर्चरले आईपीएल गुमाउने
एजेन्सी-इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) गुमाउनुहुने भएको छ ।चोटको कारण बलर आर्चरले आईपीएलको यस सिजन गुमाउनुहुने भएको छ ।
आर्चर राजस्थान रोयल्समा आबद्द रहनु भएको थियो । उहाँ चोट मुक्त हुँदै टिममा सामेल हुने तयारीमा ररहनु भएको थियो ।तर,चोटलाई पूर्ण रुपमा ठिक बनाउनका लागि आर्चरले आईपीएल नखेल्नुहुने भएको हो ।
आर्चरको दाहिने हातको कुहिनोमा चोट लागेको छ । उहाँले चोटको शल्यक्रिया समेत गराउनु भएको छ ।आर्चरले हात जनवरीमा माछा राख्ने ट्यांक सफा गर्दा चोट लागेको बताईएको छ ।
चोटकै कारण आर्चरले भारतविरुद्धको एकदिवसीय सिरिज गुमाउनु भएको थियो । जुन सिरिज भारतले २ १ ले जितेको थियो ।आर्चरले चोटकै कारण भारतविरुद्धको दुई टेस्ट खेल्नु भएको थिएन । टी(ट्वान्टी भने आर्चरले खेल्नु भएको थियो ।